काठमाडौं । झापाको ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आगलागी भएको छ ।
झापा जिल्लाको मेचीनगर नगरपालिका १५ नीलकोठीमा रहेको ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आगलागी भएको हो ।
आज बिहानै ३ बजेदेखि लागेको आगो अझ नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी थापाका अनुसार अहिले आगो नियन्त्रणमा लिनको लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले प्रयास गरिरहेको छ ।
आगलागी कसरी भयो भन्ने जानकारी आउन सकेको छैन । अहिले आगो निभाउनको लागि पथरी, उर्लाबारी, भद्रपुर, मेचीनगर, बिर्तामोड र दमकबाट दमकल आइपुगेको जनाइएको छ ।




Facebook Comments