पार्टीको निर्णयविरुद्द अध्यक्ष ठाकुर निर्वाचन आयोगमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुट नजिक पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुट नजिक पुगेको हो ।

अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरुले अब अध्यक्ष महन्थ ठाकुरको सहमति नकुरी बहुमतबाट निर्णय गरी अघि बढ्ने तयारी गरेसँगै पार्टीभित्र तिक्तता छाएको बुझिन्छ।

हालै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेपछि ‘प्रदेशमा मन्त्री भएकालाई कारबाही गरिएको’ जसपाले जनाएको छ । तर, पुनः अर्को पत्रमा ‘कसैलाई पनि कारबाही नगरिएको’ उल्लेख छ ।

यसैबीच, प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध पार्टीका अध्यक्ष ठाकुर निर्वाचन आयोग पुगेका छन् । ठाकुरले २०७७ पुस ७ गतेपछि जसपाको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको बताएका छन् ।

ठाकुरका अनुसार लुम्बिनी प्रदेशसभा सचिवालयले पार्टीको बैठक नै नबसेको बेला जसपाले सांसदलाई पदबाट निष्काशन गरेको भन्दै जारी गरेको सूचना प्रथम दृष्टिमै अवैध र गैरकानुनी भएकोले त्यस्तो मान्ने नहुने बताए। आयोगमा उक्त निर्णयविरुद्द पत्रसहित पुगेका अध्यक्ष ठाकुरले पार्टीको अवैध एवं गैरकानुनी पत्रलाई आधार मानी त्यस निर्वाचन आयोगबाट कुनै पनि काम कारबाही अगाडि नबढाउन आग्रह गरेका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.