सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य ९ सयले घटेको छ ।
आज छापावाल सुनको मुल्य प्रतितोला ८९ हजार ९ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
बुधबार सुन प्रतितोला ९० हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ८९ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
चाँदीको मुल्य २० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १३ सय १५ मा कारोबार भएको चाँदी मुल्य आज १२ सय ९५ रुपैयाँ खरिदबिक्रि भरहेको महासंघले जनाएको छ ।












Facebook Comments