राजविराज । सरकारी निर्णय बेवास्ता गर्दै विद्यालय सञ्चालन गरेको आरोपमा ११ वटा विद्यालयका सञ्चालकलाई प्रशासनले नियन्त्रणमा लिएको छ ।
सप्तरीको राजविराजमा सरकारी निर्णय बेवास्ता गर्दै विद्यालय सञ्चालन गरेको आरोपमा ११ वटा विद्यालयका सञ्चालकलाई प्रशासनले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा शिब्स बोर्डिङ्ग स्कुलका सञ्चालक बिष्णुपुर गाउँपालिका-६ निवासी नरेशप्रताप साह, राजविराज–२ स्थित लिटिल फ्लावर सेकेन्ड्री स्कुलका सञ्चालक डा. कामानन्द देव, एञ्जल बोर्डिङ्ग स्कुलका सञ्चालक नरेन्द्रप्रसाद देव, पिस जोन स्कुलका सञ्चालक राजविराज-२ का उमाकान्त साह, राजविराज-१ स्थित सृजना सेकेन्ड्री बोर्डिङ्ग स्कुलका सञ्चालक रिमा झा रहेकी छन्
डीएसपी माधवप्रसाद काफ्लेका अनुसार ग्रिन ईङ्ंगलिस बोर्डिङ्ग स्कुलका शिक्षक राजविराज-१ का मनोज यादव, राजविराज–३ स्थित ह्यापील्याण्ड माबिका अनुशासन प्रमुख राजबिराज–५ का शैलेन्द्रकुमार ठाकुर, जानकी सेकेन्ड्री स्कुलका शिक्षक हरीकिसुन राम तथा राजबिराज-८ स्थित लक्ष्मी ईङ्गलिस बोर्डिङ्ग स्कुलका सञ्चालकहरु राजेशकुमार यादव, बैधनाथ कुमार झा र बुलन्द साह समेत नियन्त्रणमा परेका छन् ।
राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला र राजविराज नगरपालिकाका वडा अध्यक्षहरुसहितको टोलीले राजविराजमा सञ्चालनमा रहेका निजी विद्यालय पुगेर उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
