काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीको बैठक बस्दैछ ।
आज अपराह्न पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बस्ने जनाइएको हो । बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी तथा राजनीतिक घटनाक्रमका सम्बन्धमा छलफल हुने जनाइएको छ ।
पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकका कार्यसूचीसमेत तय गर्ने बताइएको छ । केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १३ गते दिउँसो २ बजे बस्ने भएको छ।कोरोना संक्रमणका कारण भदौंको महाधिवेशन पनि प्रभावित हुने खतरा रहेकोले त्यसको विकल्पबारे पनि छलफल हुने जनाएको छ ।
कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने तालिका निर्धारण गरेको छ । महाधिवेशन तयारीकै सम्बन्धमा छलफल गर्न सोमबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
