पाकिस्तानबाट काठमाडौं आयो एक किलो खैरो हेरोइन

काठमाडौं । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ किलो खेरो हेरोइनसहित चारजनालाई पक्राउ गरेको छ।

गत चैत २६ गते पाकिस्तानबाट युएईको शारजहाँ हुँदै आएका धादिङ खनियाँबास नगरपालिका–१ का ४९ वर्षीय दावा लामाले अवैध लागूऔषध खैरो हेरोइनका क्याप्सुलहरु निलेर पेटमा लुकाई–छिपाई ल्याएको सूचनाको आधारमा विमानस्थलबाट चारजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा दावासहित खैरो हेरोइनको कारोबारमा संलग्न धादिङ सत्यवतीकी ५९ वर्षीया गोपी तामाङ, रुवी भ्याली–३ सेतुङकी ४५ वर्षीया होनीमाया तामाङनी र लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ घर भएका ५२ वर्षीय वयसबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलले दावालाई नेपाल प्रहरी अस्पतालमा लगेर सिटी स्क्यान गर्दा पेटमा क्याप्सुलहरु देखिएको र त्यसलाई दिसाबाट निकाल्न लगाएको जानकारी दिए । पेटबाट निकालिएको खैरो हेरोइनको तौल ९ सय ग्राम रहेको छ ।

पक्राउ परेका चारैजनामाथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको र घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको व्यूरोले जनाएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.