एमाले मुख्यालयबाट बालिका खड्का पक्राउ

काठमाडौं । नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएको बेला गाली गर्न थालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मुख छाडेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

उनले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूलाई बिचल्ली बनाएको आरोप लगाउँदै आएकी छिन् । पार्टी कार्यालय निरीक्षणमा मुख्यमन्त्री राई पनि सहभागी थिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.