अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ। कोरोना प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोनाको संक्रमण दर अत्याधिक बढेको भन्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेका हुन्।

हरेक चार दिनमा संक्रमण दर दोब्बर रुपले वृद्धि हुँदै गइरहेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य संरचनाले धान्न नसक्ने गरी संक्रमितको संख्या बढ्दै गइरहेको प्रवक्ता गौतमले बताए।

कोरोनाको जोखिम न्यूनीकरणका लागि सबैले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न मन्त्रालयले अपिल गरेको छ। मानिसहरुको धेरै भीडभाड हुने गरी सभा, सम्मेलन, जात्रा, बैठक लगायतका क्रियाकपाल नगर्न प्रवक्ता गौतमले आग्रह गरे।

‘संक्रमणको दर अत्यधिक बढेको छ। आज मात्र दुई हजार बढी संक्रमित थपिएका छन्। हरेक चार दिन दिनमा संक्रमण डबल भइरहेको छ।’, उनले भने, ‘हाम्रा संरचनाले धान्न नसक्ने गरी बिरामीको संख्या बढ्दै गइरहेको छ। सभा, सम्मेलन, जात्रा नगर्न आग्रह छ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.