सप्तरी । हात्तीलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
आज बिहान ३ बजे जिल्लकै हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी व्यारेजमा हात्तीलको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार मृत्यू हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी व्यारेज घर भएका ५८ वर्षीय नारायण प्रमाणी रहेको छ ।
कोसी व्यारेजको गोलघर छेउमा काटेर राखेको गहुँ बालीलाई पहरा दिन गएको नारायणलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नरेश सिंहले जानकारी दिए ।
मृतकको शवलाई पोष्टमार्टमका लागि राजरिाजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगीएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।