रसुवा । टिपर दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका हुन् ।
हिजो राती पौने १ बजे रसुवाको कालिका गाउँपालिका-२ स्याउबारीमा टिपर दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु हुनुको साथै १ जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार मृत्यू हुनेमा टिपर चालक स्थानीय २५ वर्षीय सागर तामाङ र टिपरमा सवार अर्का एक जनाको रहेको छ । घाइतेको सनाखत हुन सकेको छैन ।
प्रदेश ३-०१ ००६ ख १६८८ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कालिकास्थानले जनाएको छ ।