धरानको शान्तिपथबाट अवैध लागुऔषध गाँजासहित दुई जना पक्राउ

सुनसरी । प्रहरीले अवैध लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

आज बिहान धरान उपमहानगरपालिका-३ शान्तिपथबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमि गाउँपालिका-६ बस्ने २० वर्षीय निगम राई र सोही ठाउँ बस्ने १९ वर्षीय शुक्रराज राई रहेका छन् ।

को-१३ प ६७८२ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक निगम र मोटरसाइकलमा सवार शुक्रराजलाई उक्त लागूऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Facebook Comments