अहिले नै हटाइहाले पनि केही छैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाउन चुनौती दिएका छन् ।

राजधानीमा नेपाल उद्दोग वाणिज्य महासंघको ५५ औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई सत्ताबाट हटाउन चुनौती दिएका हुन् ।

उनले ‘अहिले नै हटाइहाले भने पनि केही छैन । यस्तो अंकगणितलाई वरपर पार्न खोज्ने खालका शकुनीका गोटी पनि फँयाकिनेछन् ।’ भनेका छन् ।

उनले वर्तमान सरकारलाई केही महिनालाई तलमाथि पारिहालेमा चिन्ता नगर्न आग्रह गरे । प्रधानमन्त्री ओलीविरुद्ध सत्ता समिकरण बनाउने प्रयास भइरहँदा पछिल्लो भनाई सार्वजनिक भएको हो ।

Facebook Comments