भारतमा कोरोना संक्रमणको जोखिम उच्च, एकैदिन १ लाख १५ हजार संक्रमित थपिए

भारत । कोरोना संक्रमितको संख्या अहिले सम्मको सबैभन्दा धेरै देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा १ लाख १५ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संख्या यो वर्षको सबैभन्दा धेरै हो । पछिल्लो २४ घण्टामा ६ सय ३० जनाको संक्रमणकै कारण मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १ करोड २८ लाख नाघेको छ भने १ लाख ६६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

भारतमा ८ करोड ७० लाख भन्दा बढिले कोरोनाविरुद्वको खोप लगाएका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.