धनुषा । धनुषामा एम्बुलेन्सको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।
हिजो राती धनुषाको जनकपुर उपमहानरपालिका-२३ विन्दीमा एम्बुलेन्सको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार मृत्यू हुनेमा सोही उपमहानगरपालिकाका-२४ वर्षीय बसन्त कुमार झा रहेको छ । गम्भीर घाइते झाको उपचारको क्रममा चन्द्रकला अस्पताल जनकपुरमा मृत्यू भएको जनाएको छ ।
महोत्तरीबाट जनकपुर तर्फ आउँदै गरेको ज १ च ७७७ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा झाको मृत्यू भएको प्रहरी चौकी जिरोमाईलले जनाएको छ ।











Facebook Comments