म्यानमारमा सैन्य ‘कू’ : अखिल क्रान्तिकारीद्वारा दूतावास घेराउ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले नेपालस्थित म्यानमारको राजदूतावास घेराउ गरेको छ।

आज अखिल क्रान्तिकारीले जुलुस सहित ललितपुरको भैँसेपाटीमा रहेको नेपालको लागि म्यानमारको राजदूतावास घेराउ गर्दै सैन्य शासन विरुद्ध ज्ञापन पत्र बुझाएको हो।

म्यानमारको जनताको पक्षमा, त्यहाँको स्वतन्त्रताको पक्षमा, त्यहाँको प्रजातन्त्रको पक्षमा र सैन्य दमनको विरुद्धमा दुतावास घेराउ र ज्ञापन पत्र बुझाइएको क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए।

गत माघ १९ गतेको ‘सैन्य कू’ पछि म्यानमारमा दैनिक सरकारविरुद्ध विरोध प्रदर्शन भइरहेको छ भने हालसम्म ५ सय भन्दा बढीको ज्यान गइसकेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.