काठमाडौँ । कोरोनाविरुद्धको चिनियाँ खोप क्लिनिकल ट्रायल बिनै नेपाल ल्याउन लागिएको छ।
स्रोतका अनुसार चिनियाँ दूतावासको दबाबमा चिनियाँ कम्पनी सिनोफर्मबाट उत्पादित चिनियाँ खोप नेपाल ल्याउन लागिएको हो।
उक्त चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनले पनि प्रयोगको लागि अनुमति दिएको छैन।
सरकारले क्लिनिकल टायलका कागजातहरु पटक पटक माग्दा पनि चीन सरकारले उपलब्ध गराएको छैन।
चीनले ८ लाख डोज खोप अनुदान दिने घोषणा गरेपनि नेपालकै खर्चमा खोप ल्याउन लागिएको हो।
स्रोतका अनुसार उक्त खोप ल्याउन झन्डै २ करोड रुपैयाँ खर्च लाग्नेछ।
यसअघि छिमेकी मुलुक भारतले अनुदानमा दिएको कोरोनाविरुद्ध कोभिशील्ड खोप आफ्नै खर्चमा ल्याएर दिएको थियो।
त्यस्तै विश्वका विभिन्न मुलुकमा रहेका चिनियाँ राजदूतावासहरूले बेग्लाबेग्लै सूचना सार्वजनिक गर्दै चिनियाँ खोप लगाएका व्यक्तिहरू मात्र चीन प्रवेश गर्नसक्ने घोषणा गरेका छन् ।