एजेन्सी । मानिसहरू अझै पनि चिनियाँ खोपको बारेमा पूर्ण रूपले विश्वस्त छैनन्। शनिबार प्रकाशित एक सर्वेक्षणमा भनिएको छ कि ६७ प्रतिशत ताइवानका मानिसहरूले चीनियाँ कोरोना खोप लगाउन अस्वीकार गरेका छन्। २४.३ प्रतिशत मानिसहरूलाई मात्र खोप लगाइएको छ।
ताइवान टाइम्सका अनुसार ताइपेईको होवार्ड प्लाजा होटलमा पत्रकार सम्मेलनमा फोकस सर्वेक्षण रिसर्चले उक्त प्रतिवेदन पेश गरेको छ। रिपोर्टमा भनिएको छ की ६७ प्रतिशतले उक्त खोप लगाउन इन्कार गरेका छन्।
तमांग विश्वविद्यालयका एसोसिएट प्रोफेसर वांग कुन यीले भने, ‘चीनले यसको खोपहरूको बारेमा वैज्ञानिक डाटा जारी गरेको छैन।, ताइवानले चीनबाट खोप आयात गर्न चाहेमा १८ प्रतिशत जनताले मात्र यसलाई अनुमोदन गर्नेछन्।’
ताइवान इन्टरनेशनल स्ट्रेटेजिक स्टडी सोसाइटी र ताइवान इन्टरनेसनल स्टडीज एसोसिएसनले डिजाइन गरेको सर्वेक्षणले अमेरिकी राष्ट्रपति जो बिडेनको नेतृत्वमा ताइवान-चीन सम्बन्ध र ताइवान-अमेरिका सम्बन्धको बारेमा मानिसहरूलाई प्रश्नहरू सोधेको थियो।