केपी ओलीलाई २० औँ वर्षदेखि विदेशीले हुर्काएका हुन् : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विदेशीले हुर्काएको बताएका छन् ।

आइतबार(आज) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ५६ औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसरमा आयोजित ‘नेपाली दलित आन्दोलनको कार्यदिशा’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीलाई २०र२५ वर्षदेखि विदेशीले हुर्काएको बताएका हुन् ।

प्रचण्डले दलितका अधिकार केपी ओलीबाट खोसिन थालेको भन्दै एकपटक फेरि लड्नुपर्ने अवस्था आएको र आफू बाँचुन्जेल लड्ने बताए । उनले आफ्नो कुनै जात नरहेको बताए ।

उनले भने, ‘म त जात त्यागेको मान्छे । प्रचण्ड जात होइन । प्रचण्डभित्र दलित छ, आदिवासी छ, महिला छ, मुस्लिम छ । पूर्वेली पश्चिमेली सबै छ त्यसभित्र । म कम्युनिष्‍ट बनेकै दलितबाट हो ।’

आफू बच्चैदेखि दलितको सँधियार भएर बसेको र डण्डिबियो खेल्ने साथीहरू नै दलित थिए भन्दै प्रचण्ड भन्नु नै दलित हो भने । आफूले कम्युनिष्‍ट पार्टीको सदस्यता पनि रूपलाल विश्वकर्मा र रणेन्द्र बराइलीबाट प्राप्त गरेको स्मरण समेत उनले गरे ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.