केटिएम बाइकको मूल्य बढ्यो

काठमाडाैँ । बजारमा केटिएम बाइकको मूल्य बढेको छ। चैत १ गतेदेखि लागू हुनेगरी यो बाइकका विभिन्न मोडलको मूल्य बढेको हो।

नेपाली युवामा केटिएम बाइकको ‘क्रेज’ छुट्टै छ। यसको विशेषता र बनावटले युवा पुस्तामाझ लोकप्रिय बनेको केटिएम बाइकको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता हन्सराज हुलासचन्द प्रालीले बतायो।

यसैपनि नेपालमा दुई पाङ्ग्रे सवारी साधन लोकप्रिय छ। मागसँगै बाइक र स्कुटरहरूको मूल्य बढ्नु स्वाभाविकै हो।
उक्त बाइकको मूल्य ५ हजारदेखि ३० हजार बढीले वृद्धि भएको छ।

हाल केटिएममा सबैभन्दा महँगो मोडलको बाइक ३९० एड्भेन्चरको मूल्य ९ लाख ९९ हजार ९९९ रुपैयाँ छ। यसको मूल्य यथावत् राखिएको छ। २५० एड्भेन्चरको मूल्य पनि यथावत नै राखिएको छ।

सबैभन्दा बढी मूल्यवृद्धि केटिएम ड्युक ३९० को भएको हो। जसको बजार मूल्य ८ लाख ७९ हजार ९ सय पुगेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.