अभिनेता आशीष विद्यार्थीलाई कोरोना संक्रमण

मुम्बई । कोरोना संक्रमणको लहरले बलिउड कलाकारलाई अझै छोडेको छैन । यो सूचीमा अब अभिनेता आशीष विद्यार्थी पनि परेका छन् ।

नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार उनले एक भिडियो सामाजिक सञ्जालमा पोस्ट पोस्ट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।

आशीषले आफूले दिल्लीको अस्पतालमा टेस्ट गराउदा रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन् । उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नआएको जनाएका छन् ।

उनले आफूसँग सम्पर्कमा आएका सबैलाई एकपटक टेस्ट गराउन अपिल गरेका छन् । यसअघि अभिनेता मनोज वाजपेयीलाई पनि कोरोना संक्रमण भएको थियो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.