शरण लिएका सुरक्षाकर्मीलाई फिर्ता पठाउन म्यानमारको भारतसँग आग्रह

एजेन्सी । म्यानमारले भारतमा शरण लिन पुगेका आफना देशका सुरक्षाकर्मीहरुलाई तत्काल फिर्ता पठाउन आग्रह गरेको छ। दुई मुलुकबीचको सम्बन्ध बनाइ राख्न भन्दै भारतमा शरण लिन पुगेका आफ्ना सुरक्षाकर्मी फिर्ता गर्न म्यानमारले माग गरेको हो ।

म्यानमारमा फेब्रअरी १ मा सत्ता हत्याएपछि ८ जना प्रहरी अधिकृत र उनीहरुका परिवार शरण लिन पुगेक भारतले जनाएको छ । सुरक्षाकर्मी फिर्ता पठाउने बारे भने भारतले कुनै प्रतिक्रिया दिएको छैन ।

यता म्यानमारका सैन्य ‘कू’ को विरोध जारी प्रदर्शनका क्रममा सेनाले बल प्रयोग गर्दा थप प्रदर्शनकारी घाइते भएका छन् ।

म्यानमारको यंगुन शहरमा भेला भएका हजारैं प्रदर्शनकारीले सैन्य ‘कू’ को बिरुद्ध ब्यापक नाराबाजी गर्दा सेनाले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरी प्रदर्शनकारीहरुलाई तितरबितर पारेका थिए ।

प्रदर्शनकारीहरुले पक्राउ परेकी नेतृ आङ सान सूचीलगायतका नेताहरुको रिहाइ र प्रजातन्त्र पूनर्वहालीको माग गर्दै आएका छन् । प्रदर्शनका क्रममा ५५ भन्दा बढीको मृत्यु भैसकेको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.