लागूऔषधसहित १३ वर्षीय बालक पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी वृत्त थानकोटले लागुऔषधसहित एक बालकलाई पक्राउ गरेको छ ।

शुक्रबार साँझ महानगरीय प्रहरी प्रभाग नागढुंगामा १३ वर्षीय बालकलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

रौतहटबाट काठमाडौँ आउँदै गरेको ना८ख ११०४ नम्बरको बसका यात्रु रहेका उनको झोलाभित्र जाँच गर्दा एक हजार ९०० एम्पुल लागुऔषध फेला परेको हो ।

उनीमाथि महानगरीय प्रहरी वृत्त थानकोटबाट लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

उनको साथबाट डाइजेपाम ७०० एम्पुल, फेनारगन ६०० एम्पुल र नोफिन ६०० एम्पुल बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.