पाकिस्तानी सांसदले १४ वर्षीया किशाेरीसँग विवाह गरे, प्रहरीले थाल्याे अनुसन्धान

एजेन्सी । पकिस्तान प्रहरीले जमीयत उलेमा–ए–इस्लामका नेता तथा बलुचिस्तानबाट नेशनल एसेम्लीका सदस्य मौलाना सलाउद्दीन अयूबीमाथि १४ वर्षीय एक किशोरीसँग विवाह गरेको घटना उजागर गरेकाे छ। स्थानीय प्रहरीले यस घटनालाई लिएर अनुसन्धान समेत सुरु गरेको छ।

स्थानीय सञ्चार माध्यमका अनुसार प्रहरीले चितरालमा महिलाको कल्याणको लागि काम गर्ने एक एनजीओले गरेको उजुरीका आधारमा अनुसन्धान सुरु गरेको हो। डानको एक रिपोर्टका अनुसार किशोरी सरकारी गर्ल्स हाइ स्कुल, जुघूरकी छात्रा हुन्। यहा उनको जन्ममिति २८ अक्टुबर, २००६ लेखिएको छ। यसले किशोरीको विवाह गर्ने उमेर नपुगेको प्रष्ट देखिन्छ।

पकिस्तान सञ्चारमाध्यमका अनुसार, मौलाना सलाउद्दीन अय्युबी, नेशनल एसेम्बलीका सदस्य छन्। र उनको उमेर ५० वर्षभन्दा अधिक रहेको छ। चितराल प्रहरी चौकीका एसएचओ इन्स्पेक्टर सज्जाद अहमदले भने,’केही दिन पहिला संगठनले दिएको उजुरीका आधारमा प्रहरी किशोरीको घर पुगेको थियो। त्यहा किशोरीका बुवा विवाह गर्न इन्कार गरेका थिए।’ पकिस्तानमा विवाहको लागि महिलाको उमेर १६ वर्ष निर्धारित गरिएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.