भागरथीको हत्यापछि अभियुक्त पनि न्याय माग्न दैनिक प्रर्दशनमा सहभागी !

धनगढी । भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोर उनको न्याय माग्दै हुने प्रर्दशनमा समेत दैनिकजसो सहभागी हुने गरेको खुलेको छ।

सनातन धर्म माध्यमिक विद्यालयमै अध्ययनरत उनी भागरथीको न्यायका लागि स्थानीय खोचलेक बजारसहितका ठाउँमा गरिने प्रर्दशनमा उनी सहभागी हुने गरेको प्रहरीले बताएको छ।

तर प्रर्दशनका क्रममा देखाउने शंकास्पद गतिविधिका कारण प्रहरीले सुरुदेखि नै निगरानीमा राखेर उनका गतिविधि अध्ययन गरिरहेको थियो।

मृतक भागरथीका परिवारले समेत उनीमाथि आशंका गरेका कारण निगरानी बढाएको प्रहरीेले अन्ततः उनैले बलात्कारपछि भागरथीको हत्या गरेको खुलेको प्रहरीले बताएको छ।

Facebook Comments