सल्यान । जिल्ला अदालत सल्यानले बहुविवाहको अभियाेगमा बन्गाड कुपिन्डे नगरपालिका–९ का वडा अध्यक्ष ५२ वर्षीय इन्द्रबहादुर कुमाईलाई एक वर्ष कैद र १० हजार रूपैयाँ जरिवानाको फैसला सुनाएकाे छ।
जिल्ला अदालत सल्यानका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले वडा अध्यक्ष कुमाई र उनकी पछिल्ली श्रीमती ग्वामी विष्टलाई कैद फैसला गरेको हो ।
घरमा दुई पत्नी र चार छोराछोरी भएका वडा अध्यक्ष कुमाईले गत मंसिर ३ गते ग्वामी विष्टलाई भगाएर फरार भएका थिए । लुकिछिपी बसेको अवस्थामा उजुरी परेपछि प्रहरीले मंसिर १९ गते दुवैजनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका वडा अध्यक्ष र उनकी श्रीमतीलाई अदालतले फैसला गरेपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक गोविन्द थापाले जानकारी दिए ।












Facebook Comments