भारतका लागि नेपाली राजदूत आचार्य र विहारका मुख्यमन्त्री नितिशकुमारबीच भेटवार्ता

काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र  भारतको विहार राज्यका मुख्यमन्त्री नितिशकुमारबीच भेटवार्ता भएकाे छ ।

भेटमा नेपाल र भारत सम्बन्धीलाई सुदृढीकरण गर्ने र अन्य विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषयमा कुराकानी भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । विहार राज्यसँग बाढी व्यवस्थापन, विजुलीको व्यापार, सीमा व्यवस्थापनलगायतका विभिन्न विषयहरु रहेका छन्

राजदूत आचार्यले ट्वीट गर्दै भनेका छन्, ‘विहारका मुख्यमन्त्रीसँग न्यानो र सौहार्दपूर्ण भेट भएको छ।’ उनले नेपाल र भारतबीचको मित्रता र सहकार्य सुदृढिकरण हुने पनि बताएका छन्।

नेपालको पूर्वी- दक्षिणी सीमासँग जोडिएको विहार राज्यका मुख्यमन्त्रीसँगको भेटघाटले सीमावर्ती क्षेत्रमा सम्बन्ध सुधार हुने विश्वास व्यक्त गरिएको छ। यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाको खोप उपहार दिएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.