विप्लव समूहसहित ४ राजनीतिक दलको रणनीतिक मोर्चा घोषणा गर्दै

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहसहित चार राजनीतिक दलले रणनीतिक मोर्चाको घोषणा तथा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गर्दैछन् ।

मोर्चाको औपचारिक घोषणा गर्न बिहीबार दिउँसो साढे १२ बजे प्रज्ञा भवनमा कार्यक्रम आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले बताए ।

मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहने जनाइएकाे छ।

केपी शर्मा ओली नेतृत्वको सरकारमात्र नभएर अहिलेको संसदीय व्यवस्था नै असफल भएको बताउँदै चार राजनीतिक दलले अहिलेकाे संकट समाधानको विकल्प संघीय जनगणतन्त्र स्थापना नै भएकोले संघर्षका कार्यक्रम सार्वजनिक गर्न लागिएकाे जनाएका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.