ललिता निवास प्रकरणः प्रमुख अभियुक्त ढकाल थुनामा

काठमाडौं । विशेष अदालतले ललिता निवास प्रकरणका मुख्य अभियुक्त डा. शोभाकान्त ढकाललाई थुनामा पठाएको छ ।

आज न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल विरुद्ध ३९ करोड २८ लाख बिगो मागदाबी सहित २२ माघ २०७६ मा मुद्दा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

ललिता निवास जग्गा प्रकरणमै ढकालकी पत्नी उमाकुमारी भने विशेष अदालतबाट धरौटीमा रिहा भएकी छन् । उनीसँग अख्तियारले ९१ लाख भन्दाबढी बिगो मागदाबी गरेको थियो ।

Facebook Comments