संविधानलाई घात गर्ने निर्वाचन हामीलाई चाहिएको छैन : नारायणकाजी श्रेष्ठ

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानलाई घात गर्ने निर्वाचनकाे पक्षमा नरहेकाे बताएका छन् ।

प्रतिनिधि सभा विघटनकाविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले सबै लोकतन्त्रवादी चुनावको पक्षमा भए पनि संविधानलाई घात गर्ने, संविधानविरोधी चुनाव भने नचाहिएको बताए।

ओली समूहले चुनावमा भाग लिनु ठूलो लोकतन्त्र भएको बताएको भन्दै उनले ओलीले नगर्ने चुनाव घोषणा गरेको दावी गरे ।

‘चुनावको पक्षमा हामी छौँ, सारा लोकतन्त्रवादीहरु छन्’, उनले भने, तर कुन चुनाव? संविधान अन्तर्गतको चुनाव, संविधानलाई लागू गर्ने कि ध्वस्त गर्न?, घात गर्ने चुनाव? उनले संविधानलाई धात गर्न चुनाव हामीलाई चाहिएको छैन।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.