फुल्चोकी जंगलमा हराइरहेका २ जनाको सकुशल उद्दार

काठमाडौं । प्रहरीले फुल्चोकी जंगलमा हराइरहेका दुई जनाको सकुशल उद्दार गरेको छ ।

ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी डाँडामा हराइरहेका काठमाडौं कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–६ का २१ वर्षीय प्रशान्त थापा र दोलखाका १९ वर्षीय सुरेश केसीलाई प्रहरीले आइतबार सकुशल उद्दार गरेको हो ।

फुल्चोकी जंगलमा घुम्न गएका उनीहरु हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका(२ चापाखर्कबाट उद्दार गरेर अभिभावकको जिम्मा लगाएको छ।

जाडो याममा फुल्चोकीमा हिउँ पर्ने भएकाले आन्तरिक पर्यटकको घुँइचो हुने र बाटो बिराइ मानिसहरु हराउने गरेका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.