संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुन्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संयुक्त आन्दोलनमा कांग्रेसले कसैसँग मिल्न नहुने बताएका छन् ।

सोमबार पूर्वप्रधानमन्त्री सुशील कोइरालाको छैटौं स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिस्ट युथ सर्कलले काठमाडौंमा गरेको संकटमा संविधान विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री कोइरालाले कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका हुन् ।

नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु नहुने उनको भनाइ छ । संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने उनको भनाइ थियो ।

महामन्त्री कोइरालाले आफ्नो कार्यकर्ताहरुलाई समेटेर एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्ज्वल रहेको उनले बताए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.