पत्रकार डेकेन्द्र थापाको हत्या संलग्न फरार अभियुक्त पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न एक अभियुक्त १६ वर्षपछि पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दैलेककाे महाबु गाउँपालिका–६, का ६८ वर्षीय जयबहादुर शाहीलाई रहेका प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुप श्रेष्ठका अनुसार उनलाई खोजतलासका क्रममा दैलेखबाट पक्राउ गरिएकाे छ ।

डीएसपी श्रेष्ठका अनुसार जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पूर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन् । बाँकी सजाय दिलाउन उनलाई कारागार चलान गरिएको छ ।

पत्रकार थापा द्वन्द्वकालमा तत्कालीन माओवादीबाट मारिएका थिए । द्वन्द्वकालमा तत्कालीन माओवादीले दैलेख बजारको खानेपानी लाइन काटिएपछि समस्या समाधान गर्न वार्ताका लागि भन्दै बोलाइएका उनलाई साबिकको द्वारी गाविस–१, हालको नौमुले गाउँपालिका–३ मा २०६१ साल साउन २७ गते हत्या गरेको थियो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.