कांग्रेसका नेता कोइरालाद्वारा भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कारबाहीको मागसमेत गरेका छन्। उनले उक्त घटनाका कारण आफू मर्माहित भएको बताएका छन्। आइतवार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता कोइरालाले यो घटनाको दोषीलाई कारबाहीको मागसमेत गरेका छन्।

डा. शेखर कोइरालाले भने, ‘बैतडीको दोगडाकेदार गाउँपालिका वार्ड नं ७ चडेपानी निवासी १७ वर्षीया भागरथी भट्टको विद्यालयबाट घर फर्कँदै गर्दा बलात्कार र हत्याको खवरले मर्माहित भएको छु । उक्त घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्दछु।’

कोइरालाले निर्मला पन्त घटनाको जस्तै यस घटनाको दोषीले उन्मुक्ति नपाओस् भनी सरकारलाई चेतावनी दिएका छन् ।

बुधबार घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा शव नजिकैको लबलेक जङ्गलमा फेला परेको थियो ।

शव वीभत्स अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या गरिएको हुनसक्ने मृतक किशोरीका आफन्त शिवराज भट्टले बताएका थिए। प्रहरीले भने मृतक किशोरीको शव परीक्षण गरेपछि मात्रै बलात्कार भए नभएको बारेमा थाहा हुने जनाएको छ ।

किशोरी हत्या घटना जघन्य अपराध रहेको भन्दै दोषीलाई अविलम्ब पक्राउ गरी कारवाही गर्न राजनीतिक पार्टी तथा विभिन्न संस्थाले माग गरेका छन् । उनीहरुले निर्मला पन्तको जस्तो फितलो अनुसन्धान नगर्न प्रहरीलाई चेतावनी पनि दिएका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.