चीनले फेरि देखायाे कन्जुसाइ, भारतकाे बराबरी गर्न सकेन

काठमाडौं । चीन सरकारले फेरि कन्जुसाइ देखाएकाे छ। चीन नेपाललाई ५ लाख डोज काेराेना खोप उपलब्ध गराउँदा पनि भारतकाे बराबरी गर्न सकेकाे छैन।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका विदेश मन्त्री वाङ यी बीच भएको टेलिफोन संवादका क्रममा चीनले यो प्रतिवद्धता जनाएको हो। कुराकानीमा चिनियाँ विदेश मन्त्री यी ले नेपाललाई ५ लाख डोज कोरोना भ्याक्सिन अनुदानमा उपलब्ध गराउने बताएका थिए।

यसअघि काठमाडौंस्थित चिनियाँ दूतावासले तीन लाख डोज भ्याक्सिन नेपाललाई अनुदानमा दिने बताएको थियो। यद्यपी अहिलेसम्म चीनले बनाएका कोरोनाविरूद्धका भ्याक्सिनलाई नेपालमा प्रयोग अनुमति दिइएको छैन। यसअघि भारत सरकारले दिएको १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप नेपालमा अहिले लगाइएको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.