खाना नबनाएको भन्दै बन्चरो प्रहार गरेर श्रीमतीको हत्या, एक जना पक्राउ

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–३३ स्थित उपल्लो पुँडीका ५० वर्षीय गमबहादुर पुन रहेका छन् ।

शुक्रबार बिहान पौने ८ बजे ४२ वर्षीया हरिमाया पुन आफै सुत्ने कोठामा मृत फेला परेकी थिइन् । हत्या अभियोगमा प्रहरीले उनका श्रीमानलाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका पुनले बिहीबार साँझ खाना नबनाएको विषयमा उनीहरुको झगडा भएको प्रहरीलाई बताएका छन् ।

झगडाको क्रममा बन्चरो प्रहार गरी उनले श्रीमतीको हत्या गरेको पाइएको कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए । शव फेला परेको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय शिसुवा डाँडाको नाकाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। हरिमायाको शव पोष्टमार्टमको लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पोखरामा लगिएको छ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.