मैले एमसीसीको समर्थन गरेको छैन, दशथरी नारा नलगाऔँ मात्रै भनेको हुँ: प्रचण्ड

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू एमसीसीको समर्थनमा पुगकाे भनि गरिएको प्रचार सत्य नरहेको बताएका छन्। उनले एमसीसीबारे पार्टीमा आफूहरु छलफलमै रहेको बताए।

शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘एमसीसीबारे पार्टीले निर्णय गरिसकेको छैन, हामी छलफलमै छौँ।’ बिहीबार आमहड्तालका क्रममा एमसीसीविरुद्ध नाराबाजी भएपछि प्रचण्डले रोकेका थिए। उनले आमहड्ताल जे का लागि थियो त्यसमै केन्द्रीत नभए निशाना कमजोर हुने भन्दै आफूले त्यसो गरेको बताए।

‘हिजो हामीले संवैधानिक परिषद्को ज्यादतिपूर्ण नियुक्तीको विरोधमा हड्ताल गरेका हौँ । त्यहाँ दशथरी नारा लगाए प्रहारको निशाना कमजोर हुन्छ भन्ने अर्थमा मात्रै त्यसो गरिएको हो’, प्रचण्डले भने।

उनले भने, ‘यो बेला दशथरी नारा लाउनु भन्दा जे नारा हो त्यसमै केन्द्रित गरौँ भनेको हो । एमसीसीबारे पार्टीले औपचारिक निर्णय गरिसकेको छैन । तर एकजनाले प्याच्च अर्को नारा हाल्देछन् । मलाई त को घुस्यो जस्तो लाग्यो तर ती मान्छे त हाम्रै साथी हुन् । जता पायो त्यतै नारा नलाउनुस् भनेको हो।’

उनले आफूले केहीदिन अघि अमेरिकी राजदूतसँग कुरा गर्दा पनि एमसीसी परिमार्जन गर्ने सम्भावना छ कि छैन भनेर कुरा राखेको बताए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.