नेपाल प्रहरीका एसपीमा बढुवा भएकालाई आइजिपी बाट दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीको एसपीमा बढुवा १६ जनालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । बढुवा भएकालाई आजै प्रहरी प्रधान कार्यालयमा एक समारोहबीच आइजिपी शैलेस थापाले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

गत साता बढुवा सिफारिस भएका भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश कुमार काफ्ले, राजकुमार सिलवाल, अमरेन्द्र बहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोखरेल, पदम विष्ट, महेन्द्र श्रेष्ठ, राजेन्द्रबाबु रेग्मी, वासुदेव खतिवडा, योगेन्द्रसिंह थापा, दिलीप घिमिरे, वीरेन्द्र शाही, सुवासचन्द्र बोहरा, प्रजित केसीविरूद्ध कुनै उजुरी नपरेपछि बुधबार बढुवा गर्ने निर्णय गरिएको थियो । सोही अनुसार उनीहरूलाई दज्र्यानी चिन्ह प्रधान गरिएको हो ।

बढुवा भएकाहरुकै आजै पदस्थापन गर्न लागिएको छ । साथै डिएसपीको पनि आज सरुवाको तयारी भइरहेको छ । बढुवामा परेका कतिपय इन्चार्जका रुपमा कार्यरत रहेकाले त्यहाँ हेरफेर गर्न लागिएको हो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.