प्रचण्ड–नेपाल समूहकाे आमहड्ताल साँझ ५ बजेपछि अन्त्य हुने

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्ताल साँझ ५ बजेपछि अन्त्य हुने भएको छ ।

संघर्ष समितिका सदस्यसमेत रहेका समूहका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको फेसबुकमार्फत बिहीबार ५ बजेपछि आमहड्ताल अन्त्य हुने जानकारी दिएका हुन् ।

त्यसक्रममा उनले कलंकीबाट नेताहरु अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, विजय पौडेल, अमृता थापा लगायत पक्राउ परेको जानकारी दिए ।

त्यसैगरी चावहिलबाट कृष्ण केसी, बागबजारबाट विद्यार्थी नेता रमेश मल्ललाई प्रहरीले पक्राउ गरेको बताए। काठमाडाैं पक्राउ परेका नेता कार्यकर्तालाई महाराजगञ्जमा राखिएको छ ।

Facebook Comments