पसल तथा गाडी तोडफोड गरेको आरोपमा विराटनगरबाट सात बन्दकर्ता पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका अगाडिको चिया पसलमा तोडफोड गरेको अभियोगमा प्रहरीले सात जना प्रचण्ड-माधव नेपाल समूहका कार्यकर्तालाई पक्राउ गरेको छ।

आमहड्ताल उल्लंघन आरोपमा पसल तोडफोड गरेपछि तोडफोडमा संलग्न सात जना पक्राउ गरिएकाे प्रहरीले जनाएको छ।उनीहरूले महानगरपालिका गेटबाहिर रहेका दुई वटा सवारी साधनसमेत तोडफोड गरेका छन् ।

बन्द उल्लंघन गरेको भन्दै उनीहरूले चिया पसलमा गएर तेल पोखिदिएका थिए। बनाइएको खाजा पनि उनीहरूले पोखिदिएको प्रहरीले जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.