काठमाडाैं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संवैधानिक निकायमा गरिएको नियुक्ति निरंकुशताको पराकाष्टा भएको आरोप लगाएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी नेकपा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक नियुक्ति निरंकुशताको पराकाष्टा भएको दाबी गरे ।
‘भोलिको आमहड्ताल सरकारले बलमिच्याइँको रूपमा गरेको नियुक्तिको प्रतिरोधमा गरिएको हो,’ प्रवक्ता श्रेष्ठले भने । आम हड्तालका कारण जनतालाई पर्ने कष्टप्रति क्षमा माग्दै संविधानको रक्षाका लागि आमहड्ताल गरिएको श्रेष्ठकाे भनाइ




Facebook Comments