बाघको छालासहित एकजना पक्राउ

डेल्धुरा । बाघको छालासहित एक युवक डडेल्धुरामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको अजयमेरु गाउँपालिका–१ बस्ने २९ वर्षीय जगतसिंह भण्डारी रहेका छन् । उनले चलाइरहेको सुपप्र ०४००१ प ०५४८ नंको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको अमरगढी नगरपालिका–६ तोलीस्थित दशरथचन्द राजमार्ग सडकखण्डबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

डडेल्धुरा प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी डडेल्धुराको संयुक्त टोलीले जाँच गर्दा निजको साथबाट भालुको पित्त, ठूलो बाघको छाला एक थान, सानो बाघ छाला अर्को थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय डडेल्धुरामा बुझाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.