श्री ५ को सरकार भनेकोमा क्षमा चाहन्छु : खानेपानी मन्त्री थापा

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेतासमेत रहेका मन्त्री थापाले सुर्खेतमा शनिबार आयोजित सभामा ‘नेपाल सरकार’ भन्नुपर्नेमा ‘श्री ५ को सरकार’ भनेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले भनेका थिए, ‘सबैलाई सम्मान गर्न चाहन्छु जो मञ्चमा आसीन हुनुहुन्छ । र सुर्खेतका आदरणीय जनसमुदायहरु म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा …ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा तपाईंहरुलाई लाल सलाम भन्न चाहन्छु ।’

मञ्चमा रहेका व्यक्तिले मन्त्री थापालाई नेपाल सरकार भन्न लगाएपछि उनले ‘ए सरी भन्दै नेपाल सरकारको तर्फबाट’ भनेका थिए ।

मन्त्री थापाले श्री ५ को सरकार भनेपछि उनको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको छ । सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि आइतबार बिहान मन्त्री थापाले स्पष्टीकरण दिँदै माफी मागेका छन् ।

 

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.