सुवास नेम्वाङकाे अभिव्यक्ति संवैधानिक इजलासकाे ‘टिपोट’ मा छ : प्रधानन्यायाधीश जबरा

काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले सुवास नेम्वाङले संविधान सभा अध्यक्षका रुपमा प्रतिनिधिसभा विघटनबारे दिएका अभिव्यक्तिलाई संवैधानिक इजलासले ‘टिपोट’ मा राखेका बताएका छन् ।

संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनबारे जारी सुनुवाइका क्रममा बुधबार प्रधान न्यायाधीश जबराले वरिष्ठ अधिवक्ता शेरबहादुर केसीको प्रश्नको प्रतिउत्तरमा नेम्वाङकाे अभिव्यक्तिलाई संवैधानिक इजलासले ‘टिपोट’ मा राखेका बताए ।

बार एशोसिएशन नेपालका पूर्व अध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता केसीले संविधान निर्माणकै क्रममा संविधान सभा अध्यक्षका रुपमा सुवास नेम्वाङले संविधान निर्माणकै क्रममा प्रतिनिधि सभा विघटनबारे दिएका अभिव्यक्तिकाबारे इजलासको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्रीलाई आफूखुशी प्रतिनिधि सभा विघटनको अधिकार छैन भनेर नेम्वाङले उतिबेला दिएका अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा व्याप्त रहेको भन्दै केसीले इजलासको ध्यानाकर्षण गराएपछि प्रधान न्यायाधीश जबराले नेम्वाङका ती अभिव्यक्तिलाई इजलासले ‘टिपोट’ मा राखेको जनाएका हुन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.