नेकपा मिलाउन प्रचण्डसँग चिनियाँ राजदूतको एक घण्टा गोप्य भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि सबैभन्दा धेरै तनाबमा चीनलाई परेकाे छ। पछिल्लाे समय नेकपा मिलाउन चीनले नेपालस्थित राजदूत होउ यान्छी र चिनियाँ एजेण्टहरूलाई निरन्तर सक्रिय बनाएको छ ।

नेपालका लागि चिनियाँ राजदूत यान्छीले बुधबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेकी छिन् । दाहालसँग भेट गर्न राजदूत यान्छी बिहान साढे ९ बजे खुमलटार पुगेकी थिइन् । अध्यक्ष दाहाल र राजदूत यान्छीबीच ०९ः३५ देखि १०ः३० बजेसम्म भेटवार्ता भएको उच्च सुरक्षा स्रोतले दाबी गरेको छ ।

स्राेतका अनुसार नेकपाका दोस्रो र पहिलो वरीयताका नेताहरूलाई गोप्य रुपमा भेटेर नेकपा मिलाउन हर्कत गर्दै आएकी यान्छीले दाहाललाई भेट गरेकी छिन् । भेटमा राजदूत यान्छीले नेकपालाई मिलाएर लैजान दाहाललाई दवाव दिएकी छिन् । स्राेतका अनुसार उनले प्रधानमन्त्री केपी ओलीलाई नै साथ दिन दाहाललाई दवाव दिएकी छिन् ।

पार्टीनै मिल्ने अवस्था नभएमा ओलीलाई साथ दिएर संसद पुनःस्थापना गर्न दवाव दिएको स्रोतको भनाइ छ । दाहालसँगको भेटमा राजदूत यान्छीले निर्वाचन आयोगले पनि नेकपा मिलोस् भनेर मध्यमार्गी निर्णय गरेको भन्दै कम्युनिस्टहरूभित्रको एकतालाई मिलाएर जाने सुनौलो मौका रहेको सुझाव दिएकी छिन् ।

नेकपा विभाजन भएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले उच्चस्तरीय टोली पठाएर नेकपाका उच्च नेताहरूसँग भेट गरि नेकपा मिलाउन दवाव दिएका थिए ।नेकपाका नेता बामदेव गौतमले बुधबार ललितपुरमा नेकपालाई मिलाउनका लागि दवाव समूह घोषणा गर्दै छन् । चीनकै दवाव र ईशारामा गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्न लागेको आरोप छ ।
स्रोतका अनुसार राजदूत यान्छीले सकेसम्म दुबै नेकपालाई मिल्न सुझाव दिएकी छिन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.