जुम्लामा लागेकाे आगाेले ३० घर जलायाे, अझै नियन्त्रण बाहिर

काठमाडौं । जुम्लाको तिला गाउँपालिका वडा नं ७ गोठीगाउँमा मंगलबार रातिदेखि लागेको भीषण आगलागीबाट करिब ३० घर जलेर नष्ट भएका छन्।

आगो नियन्त्रणका लागि सदरमुकामबाट सुरक्षाकर्मी घट्नास्थलमा पुगेपनि अहिले पनि नियन्त्रणमा आएको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवन चौधरीका अनुसार मंगलबार रातीबाट आगलागी शुरु भएको थियो।

आगलागीको खबर आउनसाथ जिल्लाबाट सुरक्षाकर्मीहरु गएका थिए। सो टोलीले रातीबाटै आगो निभाउने प्रयास गरेको भएपनि फुसका घर भएका कारण आगो झन सल्केर बढेको थियो।

पानीको अभाव र हावा बढी लागेका कारण आगो झन फैलिएको थियो। आगलागीबाट चौपायहरुको मृत्यु भएको तर मानवीय क्षति भने भएको छैन । अहिले जिल्ला प्रशासन कार्यालयबाट पनि सरकारी अधिकारीहरु त्यहाँ पुग्न लागेको छ। सदरमुकामबाट करिब ३ घण्टाको दुरीमा रहेको सो स्थानमा ५० वटा जति फूसका घरहरु रहेको पनि प्रहरीले जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.