ठगी आरोपमा विराट मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत राठोर पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले फर्जी कर्मचारी देखाएर ठगी गरेको आरोपमा विराट मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत सुधिरसिंह राठोरलाई पक्राउ गरेको छ ।

उनीसँगै कम्प्युटर शाखाका कर्मचारी राजनारायण चौधरी पनि पक्राउ परेका छन्। अस्पतालमा जागिरका लागि आवेदन दिएका पाँच कर्मचारीलाई जागिरमा नराखी बैंक खाता खोलेको र मासिकरुपमा खातामा पैसा जम्मा गर्ने गरेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ। ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार नक्कली कर्मचारी खडा गरी मेडिकल कलेजको पैसा अपचलन उजुरी आएपछि अनुसन्धान सुरु गरिएको छ । पाँचजना कर्मचारी मेडिकल कलेजमा काम गरेको विवरणमा देखिए पनि फिल्ड र स्टाफ लिस्टमा नदेखिएपछि प्रहरीमा जाहेरी परेको थियो ।

विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्र कार्की हुन्। उनी लोकमानसिंह कार्कीका भाई हुन्। कार्कीकै उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको वताइएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.