पाल्पा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहका नेता महेश बस्नेतले नेकपाको फुटमा साविक एमालेका ९५ प्रतिशत बढी नेता तथा कार्यकर्ताहरु प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामा रहेको बताएका छन् ।
उनले साविक माओवादीका ८०/८५ प्रतिशत नेता तथा कार्यकर्ता प्रचण्डको नेतृत्वको साथमा रहेको देखिएको बताएका हुन्।
युवा संघका इञ्चार्ज समेत रहेका नेता बस्नेतले ९५ र ८० प्रतिशतको बीचमा रहेका कार्यकर्ताहरु यता र उता भएर नेकपा विभाजन हुन खोजेको देखिएको बताएका हुन् ।
युवा संघ, पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले प्रचण्डका मिडियाले भ्रम पार्दै हिँडेको तर तल्लो तहमा त्यस्तो भ्रम नरहेको बताए । उनी भन्छन्, ‘साइबर सेना स्याल होईन, अब साईबर सेना सिंह बन्नुपर्ने आवश्यकता छ, त्यही साइबर सेनाले प्रचण्ड र माधवलाई ठेगान लगाउने छ । ह्वाइटबडी, बालुवाटार र लडाकु काण्डलाई ओलीले उठाउनु हुनेछ र यिनीहरु जेलमा हुनेछन् ।’




Facebook Comments