बाघले मान्छे लगेको आशंकामा खोजी सुरु

सिमरा । पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया–अमलेखगञ्ज सडकखण्डबाट शनिबार बिहान बाघले एक पुरुषलाई जंगलतर्फ लगेको आशंकामा खोजी सुरु गरिएको छ।

अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोदेखी दक्षिणतर्फ रहेको सडक छेउको जंगलबाट बाघले अन्दाजी ४५ वर्षीय पुरुषलाई लगेको आशंकामा खोजी सुरु गरिएको हो।

सडकमा हिडिरहेका पुरुष पिसाब फेर्न भन्दै नजिकैको जंगल पसेका थिए। जंगल पसेको केही बेरमै ठुलो आवाजमा ति पुरुष चिच्याएपछि नजिकै रहेकी अर्की महिलाले प्रहरीलाई खबर गरेकी थिइन्। महिलाले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीको टोलीले ती पुरुषलाई फेला पार्न नसकेपछि बाघले लगेको आशंका गरिएको हो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.