प्रचण्ड र बाबुरामबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

शुक्रबार साँझ लैनचौरस्थित एक व्यक्तिको नीजि निवासमा भएको छलफलमा वर्तमान आन्दोलनमा कार्यगत एकतालगायत पार्टी एकीकरणसम्मको विषयमा छलफल भएको स्रोतको दावी छ ।

अध्यक्ष प्रचण्ड अहिले सबै कम्युनिस्टलाई एकीकरण गर्ने अभियानमा लागेका छन् । सोही क्रममा आज उनले अध्यक्ष भट्टराईसँग छलफल गरेको स्रोतले जनाएको छ ।

अहिले जसपा नेपाल र नेकपा प्रचण्ड–नेपाल समूह प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटन गरेको विरुद्धमा आन्दोलनमा छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.