काठमाडौं । चिनियाँ हस्तक्षेप बढेको भन्दै ‘स्वतन्त्र युवा’ नामक संगठनले बुधबार काठमाडाैँमा प्रदर्शन गरेकाे छ। चिनियाँ दूतावास अगाडि संगठनका कार्यकर्ताहरूले चिनियाँ हस्तक्षेपकाे विराेध गर्दै चीनविरूद्द चर्काे नाराबाजी लगाएका छन्।
विदेशी हस्तक्षेप बन्द गर, ब्याक अफ चाईना, सगरमाथा हाम्रो हो भन्दै नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका हुन।
चीनको चार सदस्यीय प्रतिनिधिमण्डलले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष बाबुराम भट्टराईलगायतसँग भेटवार्ता गरेको थियो ।
चिनियाँ उपमन्त्री गोउ यचौंको नेतृत्वमा आएको टोलीले आफूखुसी नेपालका नेताहरु भेट्दै सुझावका नाममा हस्तक्षेप गरेपछि स्वतन्त्र युवा नामक संगठनले विरोध जनाउँदै प्रदर्शन गरेको हो ।




Facebook Comments